|  

प्रेमिकालाई आफैंसँग राख्न गरेको हर्कतले आजिवन जेल र ५ करोड जरिवाना

१७ बैशाख २०७६, मंगलवार ०२:११ प्रकाशित
सवारी खबर संवादाता

यो न्युज सवारी खबरद्वारा प्रकाशित गरिएको हो |


जेट एयरवेजको उडानमा बम छ भनेर गलत हल्ला फिँजाएको र यात्रु एवं कर्मचारीहरुलाई अनावश्यक रुपमा अत्याएका कारण एक भारतीय व्यापारीलाई आजिवन कारावास र ५ करोड भारु जरिवानाको सजाय सुनाइएको छ ।

आफ्नी प्रेमिकालाई जहाज उडेकै सहरमा बसोस भनेर जहाजलाई जर्बजस्ती उडान भरेकै सहरमा फर्काएर अवतरण गराउनका लागि उनले सन् २०१७ मा यस्तो हतकन्डा अपनाएका थिए । जहाज मुम्बाईबाट दिल्ली उड्दै थियो ।

उनकी प्रेमिका त्यही एयरलाइन्स अन्तर्गत दिल्लीमा कार्यरत थिइन । तर, मुम्बई स्थित गहना ब्यापारी बिर्जु किशोर उनी फेरी मुम्बई नै फर्किउन भन्ने चाहन्थे ।

उनलाई ‘एन्टी हाइज्याकिङ ल’ अन्तर्गत सजाय तोकिएको हो । उक्त मुद्दा भारतको ‘नेशनल इन्भेस्टिगेसन एजेन्सी’ले (एनआइए) हेरेको थियो । उनलाई तोकिएको जरिवाना रकमबाट प्रत्येक पाइलटले १४ सय ४०, एयर होस्टेजले ७ सय २० र यात्रुले ३ सय १० अमेरिकी डलर क्षतिपुर्ती पाउने भएका छन् । जहाजमा उक्त समय १ सय १५ यात्रु सवार थिए ।

एनआइएले जारी गरेको आधिकारीक पत्रमा उक्त ब्यक्तिले जहाजको ट्वाइलेट भित्र बम भएको सुचना टाँसेर यात्रु र कर्मचारीहरुको सुरक्षामा जानिजानि खेलवाड गरेको उल्लेख गरिएको छ । बमको हल्ला फैलाउने ब्यक्तिलाई आकस्मिक अवतरण गरिएको अहमदावाद सहरमा नियन्त्रणमा लिइएको थियो ।

उनले अहमदावाद प्रहरी समक्ष यस्तो घटनापछि जेट एयरवेजले दिल्ली स्थित आफ्नो कार्यालय बन्द गर्ने र आफ्नी प्रेमीका मुम्बईमै सरुवा हुने अपेक्षा राखेको बयान दिएका थिए ।

ट्वाइलेटमा टाँसीएको नोटिसमा यस्तो लेखिएको थियो:

‘उडानमा हाइज्याकरहरु छन् । जहाजलाई अन्यत्र ल्याण्ड गर्ने प्रयास नगरि पाकिस्तानको कास्मीरमा अवतरण गरियोस । यहाँ १२ जना हाइज्याकरहरु छन् । जवरजस्ती अन्यत्र अवतरण गर्ने प्रयास गरिए मानिसहरु मरेको आवाज सुन्नुपर्नेछ । अल्लाह महान् छन् ।’

१७ बैशाख २०७६, मंगलवार ०२:११  मा प्रकाशित

Write your Comment

Top Brands