|  

यामाहाले व्याट्री स्वाप गर्न मिल्ने ‘इसी–०५’ इलेक्ट्रीक स्कुटर ल्याउने

१७ बैशाख २०७६, मंगलवार ०२:१२ प्रकाशित
सवारी खबर संवादाता

यो न्युज सवारी खबरद्वारा प्रकाशित गरिएको हो |


यामाहाले इलेक्ट्रीक स्कुटर प्रवद्र्धन गर्ने भएको छ । त्यसका लागि कम्पनीले नयाँ इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने भएको हो । जापानी दुईपांग्रे सवारी उत्पादक यामाहाले जिरो इमिसन सवारीमा गोगोरोको व्याट्रीक स्वापिङ प्रविधि अपनाउने भएको हो ।

हालै सार्वजनिक भएको व्याट्री स्वापिङ प्रविधि यामाहाका इलेक्ट्रीक स्कुटरमा प्रयोग हुनेछ । यामाहाले ल्याउने इलेक्ट्रीक स्कुटरको नाम इसी–०५ भनिएको छ । व्याट्रीको नयाँ प्रविधि यामाहाका साथै कावासाकी, सुजुकी र होन्डामा समेत प्रयोग हुने जनाइएको छ ।

यामाहाले यो स्कुटर अर्को कम्पनीको सहकार्यमा उत्पादन गर्ने जनाएको छ तर कम्पनीले हालसम्म पार्टनरको बारेमा केही खुलाएको छैन । नयाँ इलेक्ट्रीक स्कुटर बजारमा कहिले आउँछ भन्ने विषयपनि कम्पनीले गोप्य नै राखेको छ ।

१७ बैशाख २०७६, मंगलवार ०२:१२  मा प्रकाशित

Write your Comment

Top Brands