|  

विभागले गरेको भाडा वृद्धि ईश्वर पोखरेलको हस्तक्षपपछि फिर्ता

१७ बैशाख २०७६, मंगलवार ०२:४० प्रकाशित
सवारी खबर संवादाता

यो न्युज सवारी खबरद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सरकारले वृद्धि गरेको सार्वजनिक सवारीको भाडा ५ घण्टा नबित्दै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको हस्तक्षेप पछि फिर्ता भएको छ ।

विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतको दाबी छ ।

यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरेको थियो ।

तर, प्रधानमन्त्री कार्यालयले हस्तक्षप गरेपछि विभागले गरेको भाडा वृद्धिको निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सदर नगरेपछि तत्कालका लागि बढेको भाडा लागु नहुने भएको हो ।

१७ बैशाख २०७६, मंगलवार ०२:४०  मा प्रकाशित

Write your Comment

Top Brands