|  

गाडी आयातमा सरकार कठोर, कडाई गर्ने जिम्मा राष्ट्र बैंकलाई

१७ बैशाख २०७६, मंगलवार ०२:४५ प्रकाशित
सवारी खबर संवादाता

यो न्युज सवारी खबरद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । काठमाडौ महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा फ्लाईओभर निर्माणको लागि बजेट व्यवस्था गर्ने भएको छ । तत्काल उपत्यकाको ३ स्थानमा फ्लाईओभर निर्माण गर्न काठमाडौं महानगरपालिकाले नीतिगत प्रस्ताव अघि सारेको हो ।

सडकमा हुने जाम हटाउने योजनासहित फ्लाई ओभरको योजना बनाइएको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।

उनका अनुसार त्रिपुरेश्वर, चाबहिल र थापाथलीमा फ्लाईओभर निर्माणका लागि महानगरले सम्भाव्यता अध्ययन गर्नेछ ।

अहिले त्रिपुरेश्वर–थापाथलीको फ्लाईओभर निर्माणको सम्भाव्यता अध्यन जाईकाले गरिरहेको छ भने चाबहिलको सम्भाव्यता अध्ययन महानगरले गर्ने जनाएको छ ।

महानगरले ल्याउने आर्थिक वर्ष २०७६÷७७ को बजेटमा फ्लाई ओभर निर्माणको लागि बजेट व्यवस्था गर्ने तयारी गरेको छ ।

आउने आर्थिक वर्षमा अघि बढाउने योजनासहित फ्लाई ओभर निर्माणको नीतिगत तयारी गरिने डंगोलले जानकारी दिए ।

‘फ्लाई ओभर सडक नीति तथा कार्यक्रममा ल्याउने छौँ, त्यसपछि डिजाइन आएपछि बजेटको कुरा आउने छ,’ डंगोलले मेरोअटोसँग भने ।

उपत्यकाका सबैभन्दा बढी जाम हुने स्थानको पहिचानगरि फ्लाई ओभर निर्माण गर्ने संघीय बजेटमा पनि व्यवस्था गरिएको छ ।

१७ बैशाख २०७६, मंगलवार ०२:४५  मा प्रकाशित

Write your Comment

Top Brands