|  

सामाजिक संजालमा भाइरल बिएमडब्ल्यू गाडी हेटौडामा दर्ता

२६ जेष्ठ २०७७, सोमबार १९:२२ प्रकाशित
सवारी खबर संवादाता

यो न्युज सवारी खबरद्वारा प्रकाशित गरिएको हो |


शोसल मिडियामा निकै चर्चा भएको बिएमडब्ल्यूको एक्सथ्री एम प्याकेज मोडलको गाडी हेटौडामा दर्ता भएको पाइएको छ ।

दुई वर्षअघि काठमाडौंको बानेश्वरमा बेवारीसे रुपमा फेला परेको बिएमडब्ल्यू एक्सथ्री एम मोडलको कार अहिले नेपालमा सरकारी नम्बर प्लेटमा दर्ता भएर संचालनमा आए पछि सामाजिक संन्जालमा एकाएक भाइरल भएको हो ।
यो महंगो मुल्यको गाडि वानेश्वरमा वेवारिसे अवस्थामा फेला परेपछि सरकारले नियन्त्रणमा लिएर राखेको थियो । इन्जिन पुरै सिज भएको अवस्थामा फेला परेको गाडि मर्मत पछि सन्चालनमा ल्याउने अवस्था भएपछि कर्णाली प्रदेश सरकारको नाममा हेटौडामा रहेको यातायात व्यवस्था कार्यालयमा दर्ता गरि मर्मतको लागि वजेट विनियोजन गरिएको र मर्मत गरिएको तत्कालीन यातायात व्यवस्था कार्यालय हेटौडाका प्रमुख पोषण थापाले वताउनु भयो ।

अर्थमन्त्रालयको पत्रपछि यो गाडीलाई हामीले दर्ता गरेका हौं । अहिले कसले प्रयोग गरिरहेको छ थाहा भएन । तर, लामो समय एयरपोर्ट भन्सारमा थन्किएको कारण गाडी मर्मत गर्नु पर्ने अवस्थामा थियो । दर्ता नगरी यसलाई मर्मत गर्न कानुनी आधार थिएन’, तात्कालीन यातायात व्यवस्था सेवा कार्यालय हेटौंडा प्रमुख थापाले भन्नु भयो ।

लामो समय बानेश्वरको ग्यारेजमा थन्किएर बसेको त्यो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर एयरपोर्ट भन्सारमा लगेर राखेको थियो । भारतको हरियाणा राज्यमा दर्ता रहेको एचआर ४६ डी १७८० नम्बर रहेको गाडी अहिले बागमती प्रदेशमा दर्ता भएर सरकारी नम्बर प्लेट प्रदेश ३–०३÷००१ झ ००४५ नम्बर प्लेट लागेको हो ।

‘अहिले यो गाडी कर्णाली प्रदेशले प्रयोग गर्नेगरि लगिएको छ । कसले प्रयोग गरिरहेको छ भन्ने विषयमा जानकारी भएन’, यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका प्रमुख सुरेस चापागाईले भन्नु भयो ।

सरकारले जफत गरेको बिएमडब्ल्यू एक्सथ्री एम प्याकेजको यो मोडलको मूल्य अहिलेको बजारभाउ अनुसार करिब २ करोड रुपैयाँ पर्छ ।
सामाजिक सन्जालमा चर्चा आएजस्तो सरकाले खरिद गरेको नभइ यो गाडि सरकारले नियन्त्रणमा लिइ आफ्नो आम्दानी जनाएको कारण यो गाडिको कारण नेपाल सरकारलाइ फाइदा पो भएको छ , यस विषयमा गलत चर्चा परिचर्चा नगर्दा राम्रो सरकारको कोषमा आम्दानी थपिएको हो तत्कालिन प्रमुख थापाको काथन छ ।

२६ जेष्ठ २०७७, सोमबार १९:२२  मा प्रकाशित

Write your Comment

Top Brands