|  

यातायात व्यावसायीलाई सरकारले राहत दिनुपर्छ : गगन थापा

२७ असार २०७७, शनिबार १८:०८ प्रकाशित
सवारी खबर संवादाता

यो न्युज सवारी खबरद्वारा प्रकाशित गरिएको हो |


असार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले यातायात व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले सार्वजनिक यातायात सञ्चालनबारे सरकारले सरोकारवालासँग छलफल गर्नु पर्ने बताएका छन् ।

थापाले शनिबार प्रधानमन्त्रीलाई मेन्सन गरेर टि्वटरमा लेखेका छन्, ‘सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका संचालक र मजदुर, स्वास्थ्यविज्ञ र सरोकारवालासँग सामुहिक छलफल गरी व्यावसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्नसक्ने, उपभोत्ता मारमा नपर्ने, स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने समाधान खोज्नुस् ।

 

अनलाइनखबरको सहयोगमा

 

२७ असार २०७७, शनिबार १८:०८  मा प्रकाशित

Write your Comment

Top Brands